कल्याणपुर मंषिर ५/

सिरहाको कल्याणपुर नगरपालिका वडा नं ११ बस्ने भाेगेन्द्र मलिक डाेमकाे छाेराे पवन मलिक लाई २०७५ साल बैशाख पाँच गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निज दलित बालककाे शिक्षा लगायत आधारभूत आवश्यकता आफुले अभिभावककाे भूमिका निर्वाह गर्दै पूरा गर्ने प्रतिबद्धता गरेबमोजिम हाल सम्म निर्वादरुपमा समय समयमा शैक्षिक सरसमान,लत्ताकपडा देखि सम्पूर्ण आधारभूत आवश्यकता नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे प्रर्तिबद्धत्ता बमोजिम आफुहरुलाई हेरविचार गर्दै आईरहेकाे कुरा पवनकाे आमा अनारवती मल्लिकले खुशीका साथ दङ्ग पर्दै जानकारी गराएको छ ।
वहाँले नेकपा एमाले मधेश प्रदेशका ईन्चार्ज एवं पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ र स्थानीय यूवा नेता बैधनाथ साहले हाम्रो घर निर्माण देखि हालसम्म बेलाबखतमा आवश्यकता अनुसारको घरायसी सरसमानहरु समेत उपलब्ध गराएको जानकारी गराएकाे छ । स्थानीय समाजसेवी,यूवाहरुलगायत बुद्धिजीवीहरुले पवन र रुपा मण्डल खत्बेका अभिभावक ओली, पुर्व श्रेष्ठ र यूवा नेता साहकाे कामकाजकाे प्रसंसा गरेका छन् । बास्तवमा मानवले लाेकहितकारी काम गर्न पछि पर्नु हुदैन सेवा नै धर्म हाे हामीले यस्तो भावनाले काम गरेमा हाम्रो समाज समुन्नत समाज स्थापना हुन बढी समय नलाग्ने जनाउनु भयो । पवनकाे आम भन्नुहुन्छ गत वर्षकाे चैत्र महिनामा नेकपा एमाले काे सिरहा जिल्ला अधिवेशनमा सिरहा आएको समयमा हजारौंका संख्यामा रहेका भव्य आमसभामा मेराे छाेरालाई तत्कालीन प्रम ओलीले मंचमा बाेलाएर काँखमा बसाएर लामो समयसम्म भलाकुसारी गरेकाे कुरा जनाएकाे छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको