जनकपुरधाम । महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँ मधेशकै उत्कृष्ट सहकारी पुरुस्कारबाट पुरस्कृत भएको छ । शनिबार १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सघीय सरकारको भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको हातबाट पुरस्कृत भएको हो । पुरस्कार संस्थाको अध्यक्ष बबिता देवी यादव, प्रवन्धक सरोज यादव र सह प्रवन्धक रुकमिनी यादव काठमाण्डौं पुगेर ग्रहण गरेका छन् । यो सहकारी लक्ष्मीनियाँ गाउँपालिकामा महिला सशक्तिकरण र कृषकको लागि काम गर्दै आएका छन् । पुरस्कार पाएपछि संस्था प्रवन्धक यादवले थप जिम्मेवार भएर ग्रामिण किसान र महिलाको क्षमता अभिवृद्धिको लागि काम गर्ने रणनीति बनाएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: