आज भन्दा १९-२० वर्ष पुर्व २०६१/०१/०९ गते यसै सम्मानित जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी आदरनिय रेवतीराज काफ्ले सरले हामीलाई श्री जागरण अशल शासन रेडियो श्रोता क्लब , रघुनाथपुर – ४ , धनुषा मार्फत माअोवादि जनयुद्ध कालमा पनि भ्रष्टाचार एवं विकृति विसंगति विरुद्ध क्रियाकलाप संचालन तथा गाउँ विकास कार्य योजना २०६०-०६१ संचालन गरेकोमा कार्यालयमै बोलाउनु भइ सम्मान स्वरुप शुभकामना पत्र ग्रहन गरेकै कार्यालयले २० वर्ष पछि मैले सो कार्यालयमा सुरक्षित राख्न दिएको आफ्नै चिजविज माग्दा वढिमा एकदिनमै पाउनुपर्ने आफ्नै समान पाँच – छौ दिन सम्म पनि न दिई अल्झाई रहनुले अपमानित महसुस भयो ।

धनुषाको सिडियो अफिस ठेक्कामा लगाउ सरकार , महिनामै करोडौं फायदा हुन्छ…
म नेपाल सरकारको कर्मचारी , ३० वर्ष पुर्व प्राप्त गरेको नागरिकता अस्ति हराएको हुदा जेष्ठ २१ गते विधिसम्मत जि प्र का धनुषामा नागरिकताको प्रथम प्रतिलिपीका लागि निवेदन दिदा तपाईको अभिलेख खोज्नु पर्छ भन्दै दुई दिन पछि आउन दिएको निर्देशन अनुसार समयमै पुग्दा घण्टौ दौडधुप पश्चात् हिजो २५ गते पाँचौं दिन त्याहाँका कर्मचारीको आदेशानुसार मतदाता परिचयपत्र , जन्ममिति प्रमाणित कागजात , लालपुर्जा , सनाखत बस्ने आफन्त लगायतको चिजविज पेश गर्दा ल अब तिन दिन पछि एक्कै चोटि आईतवार आउनुस भनेर आदेश दिदा मैले ” म मुटुको विरामि मान्छे र मेरि पत्नि जो सनाखतमा बस्नुहुन् वहाँ पनि विरामि हुनुहुन्छ र म चारपाँच दिन देखि यति गर्मिको घाममा आफ्नो कार्यालयको काम थाति राखेर सेवाग्राहीलाई आजभोलि गर्दै यहाँ नियमित ५-६ दिन देखि धाएको धाएछु भन्दै मेरो काम आज जसरी पनि गर्दिनु पर्यो भन्दा ” , आज स्टाफ छैन काम हुदैन तीन दिन पछि आउनु भनेर पठाईदिए ।
म संगै नागरिकता प्रतिलिपी लिन गएका गाउले कानुन व्यवसायी मित्रले दिक्क भई ” यस्तो जाबो प्रतिलिपी त काठमाडौं तथा सिरहामा आधा घण्टामै पाउछ ” भनी दुख व्यक्त गर्दै हुनुहुन्थ्यो । वहाले थप्दै भन्नुभयो – हामि जस्तो जान्ने बुझ्ने लाई त यति गार्हो छ भने बुढापाखा , गरिव गुरुवा , नपढेका हरुको के गति होला यहाँ ?
हाम्रै गाउले एकजना भाई १५ दिनदेखि बुवाको नागरिकता प्रतिलिपीका लागि दौडधुप गर्दागर्दै हिजो रु. २०००/- घुस टक्र्याउदा वल्ल लास्ट आवरमा ना प्र प पाए जुन त्याहाका कर्मचारीको अनुसार अझै प्रक्रिया पूरा भएको थिएन रे तर पैसा पाएको क्षण भरमै प्रक्रिया पूरा भयो ।
अत: आर्थिक मन्दिको चपेटामा परेको हाम्रो देशको मधेस प्रदेसको मनग्गे आम्दानी हुने यस्ता यस्ता जनताले डायरेक्ट सरोकार राख्ने सरकारी कार्यालयलाई ठेक्कामा लगाए राष्ट्रले केही राहत पाउला कि !!!! (धनुषाकै एक पालिकामा वडा सचिव पदमा कार्यरत कर्मचारीको पीडा हो यो)

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको