३० असोज , जनकपुरधाम। दशैं मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गर्दै सिया मेडिकेयरले राम मन्दिरको अगाडिको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
दशैं मेलामा आउने भक्तजनको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सिया मेडिकेयरले आजदेखि लगातार दुईदेखि तीन दिनसम्म शिविर सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
सिया मेडिकेयरका निर्देशक डा. राजिव कुमार झाले मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए। उनले मेलामा आउने सम्पूर्ण भक्तजनलाई शिविरमा पुगेर निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रहसमेत गरेका छन्।
दशैंका अवसरमा राम मन्दिरमा दर्शन तथा मेला भर्न आउने भक्तजनलाई लक्षित गरी सञ्चालन गरिएको यस पहलले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: