७ कात्तिक , जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ पिडारी (रानी बजार) स्थित प्राचीन श्री सीताराम विवाह मणिमण्डपमा आज बिहान बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ।

प्राचीन श्री सीताराम विवाह मणिमण्डप क्षेत्र व्यवस्थापन समितिको आयोजना, सशस्त्र प्रहरी बल मुजेलियाको सहयोग तथा स्थानीयवासीहरूको सहभागितामा बिहान ७ बजेदेखि सरसफाइ अभियान सञ्चालन गरिएको हो।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको प्राचीन मणिमण्डप क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। सरसफाइ अभियानमा स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

मणिमण्डप क्षेत्रको संरक्षण, स्वच्छता र धार्मिक पर्यटकीय स्थलको प्रवर्द्धनमा सरसफाइ अभियानले सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्थानीयवासीहरूको सहभागितामा सम्पन्न अभियानले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै समुदायमा सरसफाइप्रतिको जागरूकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको