हाम्रो बारेमा

नेपालमा प्रजातन्त्र पुनर्वहाली भएयता सञ्चार जगतको क्रमिक विकासको सुरुवात भएपनि त्यसको करिब डेढ दशकपछि मात्रै गति लिएको थियो । संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्था कायम भएपछि सञ्चार क्षेत्रको विकास क्रमले तिव्र गति पायो ।

लगत्तै अनलाइन सञ्चार माध्यमको पनि विस्तार सुरु भयो । मधेश अनलाइन एक सञ्चार माध्यमको रुपमा अनएयर हुँदै गर्दा पत्रकारभन्दा बढी संख्यामा विभिन्न अनलाइनहरु संचालन भइसकेका छन् ।

यसै भिडमा मधेश अनलाइनले एक विश्वसनीय अनलाइन सञ्चार माध्यमको पहिचान स्थापित गर्नेगरी पाठक समक्ष छिटो र विस्तारित समाचार पस्किने जमर्को गरेको छ । यसले मुख्यतः मधेश प्रदेश तथा मधेश भूमिको राजनीतिक तथा सामाजिक गतिविधिसँगै यस भुगोलको संस्कृति, कृषि, शिक्षा र स्वास्थ्यसँगै बहु आयामिक क्षेत्रलाई उजागर गर्दै ‘समुन्नत र समृद्ध मधेश’ निर्माणको अभियानलाई प्रबद्र्धन गर्नेछ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित
धेरै पढिएको