८ चैत, जनकपुरधाम। मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतो जनकपुरधाममा सरसफाइ तथा फुटपाथ अतिक्रमण हटाउने अभियानमा स्वयं अग्रसर भएका छन्। जनकपुरधाम उद्योग वाणिज्य संघ, नगर प्रहरी तथा नेपाल प्रहरीको सहकार्यमा सुरु गरिएको उक्त अभियान रामानन्द चोक, जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर आसपासका क्षेत्रलाई केन्द्रमा राखेर सञ्चालन गरिएको छ। शहरको सौन्दर्यीकरण, व्यवस्थित यातायात र सर्वसाधारणको सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले अभियान अघि बढाइएको मन्त्री महतोले बताएका छन्। यसअघि अभियानलाई प्रभावकारी बनाउने विषयमा गत मंगलबार सर्वपक्षीय बैठक समेत सम्पन्न गरिएको थियो। अभियानअन्तर्गत सडक छेउका अव्यवस्थित संरचना हटाउने, फोहोर व्यवस्थापनमा सुधार गर्ने तथा सार्वजनिक स्थलहरूलाई सफा र व्यवस्थित बनाउने कामलाई प्राथमिकता दिइएको जनाइएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: