लहान
कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ६ र ७ मा निर्माण सम्पन्न भएका नवनिर्मित व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण आज विहिबार गरेकाे छ ।
एक विशेष समारोहका बीच आयोजित उक्त कार्यक्रममा मन्त्री सिंह प्रमुख अतिथिकाे रूपमा रहेकाे थियो भने लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र यादव, जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास सारडा, सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमकाे उद्घाटनपछि कार्यवाहक प्रधानमन्त्री सिंहले व्यापारीक भवन लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गरे। भवन हस्तान्तरणसँगै स्थानीयस्तरमा व्यापारिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको आयोजना सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीले गरेको थियो। समारोहको अध्यक्षता सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए।स्थानीय विकासमा सरकारी संरचनात्मक लगानीका माध्यमबाट नगरको समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको कुरा वडा अध्यक्ष रमेश गाैतमले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको