कार्तिक २ गते । धनुषा । बटेश्वर गाउँपालिका–२ सितापुर खोरियास्थित मधेश प्रदेशस्तरिय फुटवल म्याचको आइतवार भएको उदघाटन खेल जनसेवी फुटवल क्लव बर्दिवासले जित हासिल गरेका छन् । कटारी फुटवल क्लव उदयपुर र जनसेवी फुटवल क्लव बर्दिवासविच भएको थियो । बर्दिवास टिमले २ गोल लगाए पनि उदयपुर टिमले गोल फर्काउन सकेनन् । वनदेवी माई खेल मैदानमा आइतवारदेखि सुरु भएको खेलको उदघाटन बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, उपाध्यक्ष फुल कुमारी सिंहले गरेका थिए । वनदेवी माई युवा क्लवका अध्यक्ष नरेन्द्र प्रसाद रायको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा बटेश्वर गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । मंगलवारमा हुने खेलमा रोमन फुटवल क्लव हरिवन सर्लाही र धनुषा जिल्ला फुटवल संघ धनुषाविच हुने स्थानिय युवा अजय कारकले बताए । खेलमा धनुषा, महोत्तरी, सर्लाही, उदयपुर, सिरहा, पर्सा, सिन्धुली र आयोजक संस्थाको टिमको सहभागिता रहनेछ । फाइनल खेल कार्तिक ११ गते हुनेछ । खेल विजेता टिमलाई मेडलसहित नगद १ लाख पचास हजार र उपविजेता टिमलाई मेडलसहित ५५ हजार नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: