७ फागुन, जनकपुरधाम। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ले एक्स मार्फत बालेन शाह नेपालको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। निधिले सामाजिक सञ्जालमा लेख्दै बालेन शाह अब प्रधानमन्त्री बन्ने ‘पक्का’ भएको उल्लेख गरेका छन्। उनले यसलाई नेपालको राजनीतिक इतिहासमा “असली र ऐतिहासिक रुपान्तरण” को संज्ञा दिएका छन्। उनले पहिलोपटक एक मधेसी व्यक्ति प्रधानमन्त्री बन्न लागेको भन्दै यो केवल पुस्तान्तरण मात्र नभई देशभित्र र बाहिर सबैले संज्ञानमा लिनुपर्ने महत्वपूर्ण परिवर्तन भएको बताएका छन्। आफू चुनावमा पराजित भए पनि यस घटनाले आफू अत्यन्त हर्षित भएको निधिले उल्लेख गरेका छन्। साथै उनले बालेन शाहलाई अग्रिम बधाई समेत दिएका छन्।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: