Shares १४ जेठ, काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्। बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी जानकारी गराएका हुन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन्।
अर्थमन्त्री वाग्लेले भोलि (जेठ १५ गते शुक्रबार) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सरकारले बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको जनाएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: