काठमाडौं, पुस २४ : सत्ता साझेदार दलहरुले प्रदेशको भागबन्डा करिब टुंगो लगाएका छन् । आइतबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले सात प्रदेशमध्ये चारवटा प्रदेशमा एउटै दलको नेतृत्वमा पाँच वर्ष सरकार चलाउने सहमति गर्दै भागबन्डा टुंगो लगाएको हो ।

सहमति अनुसार एमालेले तीन वटा प्रदेशमा पाँचै वर्ष सरकार चलाउने भएको छ । प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेको अवस्थामा आइतबारको बैठकले थप दुई प्रदेश एमालेलाई दिने निर्णय गरेको छ । जसअनुसार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले कर्णाली प्रदेशमा पाँचै वर्ष सरकार चलाउने भएको छ । बाग्मती प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकार चलाउने सहमति भएको छ । जसअनुसार पहिलो कार्यकाल माओवादी केन्द्रले गर्नेछ ।

सुदूरपश्चिम प्रदेशमा पनि एमाले र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको छ । सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकार चलाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको