काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक समर्थनसहित विश्वासको मत प्राप्त गरेका छन्।

उनले राखेको विश्वासको प्रस्तावको पक्षमा २६८ सांसदले समर्थन जनाएका छन् । उनलाई नेपाली कांग्रेस , एमाले , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजवादी पार्टी , एकीकृत समाजवादी , जनमत पार्टी , नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र एकजना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

उनले राखेको विश्वासको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद तथा अध्यक्ष चित्र बहादुर केसीले विपक्षमा मतदान गरेका छन्।

मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले मतदान गर्न पाएनन् । यससँगै प्रचण्ड दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको