मधेश संवाददाता

एमसीसी लागु भएसँगै नेपालमा अमेरिकाको सक्रियता बढ्न थालेको छ । यस अघि चीन र भारतको मात्र प्रभाव रहेको नेपाली राजनीतिमा अब अमेरिकी चासो पनि बढ्न थालेको छ ।
आइतबार अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आइपुगेकी छिन् । नेपालका प्रमुख राजनीतिक दलहरुका नेतृत्वसँग भेटघाट गर्न उनी नेपाल आएको दुतावासले जनाएको छ । नुल्याण्डको नेपाल भ्रमण क्रममा नेपालको सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भनिएपनि यो एक बहाना मात्र हो । खासमा नेपाली राजनीतिमा अमेरिकाको प्रभाव बढाउन उनको यो भ्रमण रहेको विश्लेषकहरु बताउँछन् ।
अमेरिकी सहयोग एजेन्सीको रुपमा नेपालमा भर्खरै लागु भएको एमसीसी सदनबाट पारित भए यता नेपालको राजनीतिमा अमेरिकाको प्रभाव प्रत्यक्ष रुपमा देखिन थालेको छ । भिक्टोरियाले भोली सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत प्रमुख राजनीतिक दलका प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको