मधेश संवाददाता

वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारीले २४ घण्टामै महाकाव्य लेखेका छन् । तनहुँ जिल्ला घर भएका अधिकारीले आइतबार जानकीको जन्मस्थली जनकपुरमा सीता महाकाव्य लेखेका हुन् ।
याज्ञवल्क्य संस्कृत मावि, ज्ञानकूपमा शनिबार बिहान सुरु भएको महाकाव्य लेखन कार्यक्रम आइतबार सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको मधेश प्रदेश समिति तथा बलेँसी साहित्य समाजले संयुक्त रुपमा आयोजना गरेको जानकी आशु प्रबन्ध काव्य सृजन शिविरमा काव्यकार महाकवि अधिकारीले २४ घण्टासम्म वाचन गरेको शब्दलाई सहयोगी साहित्यकारहरुको टोलीले लिपिबद्ध गरेका हुन् ।
वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले उद्घाटन गरेको शिविरमा सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटा, राराब क्याम्पसका मैथिली विभाग प्रमुख चन्देश्वर लाल कर्ण, याज्ञवल्क्य संस्कृति माविका सहायक प्रधानाध्यापक सोमनाथ भट्टराई, साहित्यकार राधा कोइराला लगायत दर्जनौं साहित्यकारहरुको उपस्थिति थियो ।
अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल मधेश प्रदेशकी अध्यक्ष निला घिमिरेको अध्यक्षतामा आयोजित शिविरमा साहित्यकारहरु वीरगंजकी सीता भट्टराई, चितवनकी अमृता रसाईली रामदाम र आदर्श कुमार झाले काव्यकारले वाचन गरेको महाकाव्यलाई लिपिबद्ध गर्ने कार्यमा सघाएका थिए ।

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको