मधेश संवाददाता
सर्वोच्च अदालतले प्रक्रिया पुरा नगरेको भन्दै अनागरिक ठहर गरिदिएको दुई दिनभित्रै रवि लामिछानेले नेपालको नागरिकता पुनः प्राप्ति गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा आसिन भइसके ।
कानुनले निर्देश गरे बमोजिम प्रक्रिया अनुसार रविले नागरिकता पाइसकेपछि अनुसन्धान प्रक्रियामा रहेको विवादित राहदानी सम्बन्धित निकायमा जिम्मा लगाइदिए । लगत्तै पार्टी कार्यालयमा केन्द्रिय समितिको बैठक बसियो । उक्त बैठकले रविलाई पार्टी प्रवेश गरायो । सधारण सदस्यता प्राप्त गरेको केही मिनेटमै अर्को बैठक बसेर रविलाई केन्द्रिय सदस्य चयन ग¥यो । केन्द्रिय सदस्य भएको केही मिनेटमै तेस्रो पटक केन्द्रिय समितिको बैठक बस्यो जसले रविलाई पार्टी सभापति चयन ग¥यो ।
विधि सम्मत प्रक्रियाले नेपाली नागरिक हुँदै पार्टी सभापतिमा पुनर्वहाली भए लगत्तै रवि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । उनले आफुसँग भएको पछिल्लो घटनाक्रमसँगै वर्तमान राजनीतिक विषयमा छलफल गरेपछि गृहमन्त्रालयमा पुनः फर्किने चाहना प्रकट गरेको प्रधानमन्त्री कार्यालयस्रोतले जनायो । यद्यपि प्रधानमन्त्री दाहालले उनलाई पुनः गृहमन्त्री बनाइहाल्ने विषयमा स्पष्ट गरेनन् । सम्भवतः सोमबार यसवारेमा दाहालले सम्भावित कानुनी अड्चनवारे छलफल गरेपछि रास्वपालाई जवाफ दिने अनुमान गरिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि एमालेसँग तालमेल नमिलेको खण्डमा उत्पन्न हुन सक्ने राजनीतिक उतारचढावलाई ध्यानमा राखेर उक्त प्रक्रिया पुरा नभएसम्मका लागि दाहाल आफ्नै मातहतमा गृह मन्त्रालय राख्न सक्ने अनुमान पनि गरिएको छ ।

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको