मधेश संवाददाता
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यहीँ फागुन २८ गते समाप्त हुँदैछ । यसका लागि फागुन २५ गते निर्वाचन हुन लागेको हो । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ताको कार्यक्रम फागुन १३ गते राखिएको छ । फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
फागुन २५ गते राष्ट्रपति निर्वाचित भइसकेपछि लगत्तै उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाइनेछ । उपराष्ट्रपति पदका लागि फागुन २७ गते उम्मेदवारी दर्ता हुनेछ भने २८ गते दावी विरोध र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत ३ गते उपराष्ट्रपति चयन हुने आयोगले जनाएको छ ।

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको