जानकी मन्दिरका महन्त रामतपेश्वर दास कालीगण्डकीबाट निकालिएको ढुंगा (देव शिला) को ट्रकलाई धार्मिक स्कटिंग गर्दै भारत, उत्तर प्रदेशस्थित गोरखपुर पुगेका छन् । अयोध्यामा निर्माणाधिन राम मन्दिरका लागि राम र सीताको मुर्ती निर्माण गर्न छनौट गरिएको ढुंगा पुर्याउने बहानामा जानकी मन्दिरका महन्त दास धर्मराजनीतिमा लिन छन् । उनी ढुंगासँगै भारतमा रमाइरहेको बेला बुधबार नेपाली संसद भवनमा जानकी मन्दिरमा भइरहेको श्रृंखलाबद्ध भ्रष्टाचारका घटनाहरुको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने स्वर गुञ्जियो । प्रतिनिधिसभा सदस्य मनिष झाले जानकी मन्दिरमा एकपछि अर्को भ्रष्टाचारका घटनाहरु दोहोरिरहँदा सरोकारवाला निकायहरु मौन भएर बसेको टिप्पनी गरे । केही घटनाको छानबिन गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न प्रतिवेदन सार्वजनिक गरेको न दोषीलाई कारवाहीको दायरामा ल्याएको झाको गुनासो थियो । जानकी मन्दिरमा आधुनिक लाइट जडान गर्ने र मन्दिर परिसरमा स्तरीय ढुंगालाई विस्थापन गरी मार्बल लगाउने निहुँमा व्यापक भ्रष्टाचार भएको आरोप झाले लगाए । उनले तत्काल यी घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग पनि गरे । सांसद झाले सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिर, सिरहाको सलहेश, धनुषाधाम र जानकी मन्दिर, महोत्तरीको रौजा मजार, सर्लाहीको मुर्तिया र बाराको सिम्रौनगढ लगायत तराई मधेशका ऐतिहासिक धार्मिक स्थलहरुको स्वरुप बिगार्ने, स्तरोन्नतिको नाउँमा पुरातात्विक महत्वका संरचनालाई ध्वस्त पार्ने र सौन्दर्यीकरणको नाउँमा आर्थिक हिनामिना गर्ने प्रवृति बढिरहेको प्रति सदनको ध्यनाकर्षण गराउँदै झाले यसप्रति सरोकारवाला निकायलाई तत्काल गम्भिरता पुर्वक कदम चाल्न आग्रह गरे ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: