सरसफाइ अभियानीहरूले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै धनुषामन्दिर/ वान गङगा क्षेत्र संरक्षण एवं सप्ताहिक सरसफाइ अभियानको ३५ औं सप्ताहको उपलक्ष्यमा धार्मिक पर्यटकनगरी धनुषाधामको संरक्षित वनमा रहेको धनुषादहको डिल र सव डिभिजन वन कार्यलयको धनुषाधाम क्षेत्रमा “पलास्टिकजन्य पदार्थ फोहोर मुक्त ” नाराका साथ बृहत सरसफाइ गरिएको छ। अभियानका संयोजक प्रमोद कुमार यादवको विशेष पहलमा रामायणकालिन अवशेष धनुषाधामको धनुषमन्दिर र पवित्र वानगङगा नदि लगायतका प्राचीन धार्मिक सभ्यता र संस्कृतीक महत्व बोकेका धार्मिक तिर्थस्थल र धरोहरहरुको संरक्षण पर्वधन गर्ने गरि सरसफाइ पर्यटनमुखी सौर्न्दर्यकरण नवजागरण सहित प्राकृतिक सौर्न्दर्य र सिमसार क्षेत्रमा सरसफाइ गरिएको छ। ऐतिहासिक अभियानको संयोजकको नेतृत्वमा निरंतर विगत ७ महिना देखि निरंतरता दिदै आएको छ।
ऐतिहासिक बृहत सरसफाइ अभियानमा सहभागी भएका वन अधिकृत अनिल साह, संरक्षित परिस्द का अध्यक्ष जगदीश यादव , सचीव सत्यनारायण यादव , सदस्य मदलदिप लामा , रामपरिक्षण यादव , सरसफाइ अभियानता प्रमोद कुमार यादव ,संचारकर्मी अभियानी मुकेश ठाकुर , प्रेम चोहान, भुषण यादव , स्वास्थ्यकर्मी जय प्रकाश यादव , नेपाल प्रहरी , ट्राफिक प्रहरीका अजित झा , पहालमन खेलाडी अजित यादव , त्रिभुवन मंडल, तपेश्वर यादव ,योगेन्द्र यादव , ललिता , सुरेन्द्र कुमार यादव , शिवकुमार यादव, स्थानीय व्यपारी शिव साह हलुवाइ,महिला ,युवा ,वनकर्मचारीहरु कासिन्दर पासवान ,अकास यादव , लाक्षमण मंडल,ललिय यादव , इन्जिनियर समुह आदिहरु उल्लेखनीय सहभागिता रहेको थियो ।
मधेस प्रदेशको गौरवान्वित परियोजना अन्तर्गतका चिडियाखाना निर्माणका लागि सम्भाव्यता अध्ययन समेत भइ निर्माण हुन नसकेको अझै सम्बन्धित निकायको ध्यानाकर्षण सहित सार्थक पहल तथा आर्थिक समृद्धिका प्रमुख स्तम्भ पर्यटन र प्रचुर संभावना विश्वमानस चित्रमा आवद्धता धनुषाधामको ऐतिहासिक निल गाई, धार्मिक वन्स्पती , ज्युलोजिकल पार्क , साले रुख , पर्यावरण उन्मुख धनुखा जङ्गल भनेर चिनिने ३६० हेक्टर ५६० विघहा क्षेत्रफलमा फेलिएको छ। यश संरक्षित वन भित्र पवित्र वानगङगा नदि,वन्स्पती उधान, रामधुन आश्रम, १०८ नक्षत्र धार्मिक अनुस्ठान रुख, दाहसंसकार स्थल र ६५% क्षेत्रफलमा भुभागमा जङ्गल,५.३%सिमसार क्षेत्र, करिब ५ बिगहामा धनुषादह ताल रहेको छ। राष्ट्रिपति चुरे संरक्षण वात नेपाल आर्मी द्वारा निर्माण गरिएको धनुषादह ताल बोटिग ,भ्युटावर , फनपार्क, पिकनिक स्पोर्ट्स ,आदि हुन। वनसम्बन्धि अनुसन्धान र अध्ययनको लागि विधार्थीहरु आउने गर्छ। बिरलै प्राजतीका चराचुरुङ्गीको वासस्थान र आन्तरिक पर्यटन एवं विदेशी पार्यपर्यटकहरुको पाराखीको लागि आकर्षक स्थलको रूपमा सुपरिचित छ।
सरसफाइ अभियानीहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा बृहत् सरसफाइ अभियान,जथाभावी फोहोर गर्नेछ वान बारे सचेतना कार्यक्रम फोहोर मेला व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनमा सहयोग, रत्तदान, पर्यावरण वातावरणमैत्री , शिक्षा सुदृढीकरण लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: