मधेश संवाददाता
कृषि क्षेत्रको समस्त विकास गर्ने उदेश्यले भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदैछ । कृषि प्रदर्शनी माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजक मिडिया स्पेश सोलुसन्स प्रालिले जनाएको छ ।
उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाई, विषादी रहित कृषि लगायत विषयमा जानकारी प्राप्त गर्न सकिन्छ ।
प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र विज्ञासा मेटाउने अवसर प्राप्त हुने अपेक्षा रहेको आयोजकको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मदत पुग्ने साना औजार, मेसिनदेखि डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठुल्ठुला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिनेछ ।
नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग गर्न यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको दावी छ । प्रदर्शनीबाट कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मदत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
समस्त कृषि तथा पशुपंक्षी क्षेत्रको विकास र समृद्धिको लागि हुन गइरहेको यस प्रदर्शनीमा देशभरिबाट आउने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुको वारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ । यस प्रदर्शनीलाई सफल बनाउन प्रबद्र्धकका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सह प्रायोजकका रुपमा ल्याण्डफोर्स र जगतजित रहनेछ ।

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको