मधेश संवाददाता एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले संसदमा सहभागी दलहरुको चरित्र चित्रण गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा अध्यक्षको हैसियतमा नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, नेपाली कांग्रेस नवउदारवादको पक्षपोषण गर्ने चरित्रको पार्टी भएपनि संविधान र लोकतन्त्रको रक्षा गर्ने राजनीतिक चरित्र भएको पार्टी हो । एमाले जतिसुकै विधिको कुरा गरेपनि संविधान मिच्न वेर लाउँदैन । नेकपा माओवादीलाई नेपालले ढुलमुले चरित्र भएको पार्टीको संज्ञा दिएका छन् । सत्तास्वार्थका लागि जुनसुकै बेला जेसुकै निर्णय लिन सक्ने स्वभाव माओवादीको रहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएपनि संघीयता र गणतन्त्रको सवालमा अझै प्रष्ट हुन नसकेको भनेको छन् । राप्रपा लम्पट तालमा अगाडी बढ्ने पार्टी भएको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: