सुरेश यादव/मधेश अनलाइन आजको बालबालिका भोलीका देश बनाउने कर्णधार हुन् भनेर हामीले विद्यालयमै पढ्यौं । अहिले पनि विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा यो वाक्या प्रयोग भइरहेको सुन्न सकिन्छ । तर, पछिल्लो समय मधेशका मात्रै होइन, अन्य देशको खासै हेक्का भएन नेपालको भने सबैजसो प्रदेश र जिल्लाका बालबालिकामा अधिकांस कुलतमा फँसेको डरलाग्दो अवस्था देखिन थालेको छ । अध्ययन गर्ने, सिक्ने र राष्ट्रहितका लागि कर्तव्यनिष्ठ बन्ने उमेरमा लागु औषधको दुर्व्यसनमा लाग्ने र विस्तारै समाजको हितविपरित चरित्र धारण गर्ने प्रवृति अहिलेको अधिकांस बालबालिकामा देखिन थालेको छ । खासगरी मधेशका जिल्लाहरुमा परिवारको मुख्य अभिभावक बुवा अर्थात् पुरुष हुने गरेका छन् । उनीहरु वैदेशिक रोजगारको सिलसिलमा बाहिर छन् । घरमा बालबालिका छाडा भइरहेका छन् । उनीहरुमा सत्संगको लागि उमेरमै योग र ध्यानसँग जोड्न सके भविष्यको समाजलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउन सकिने बताउँछन्, समाजसेवी विनोद कुमार पाल । विद्यालयमा पनि प्रावि तहमै पढिरहेका बालबालिकालाई अनुशासित बनाएर सही अर्थमा शिक्षा र दिक्षा दिन सकिए तत्काल भन्न नसकिए पनि एक दशक पछि परिणामै ल्याउने गरी समाजलाई असल बाटोमा डर्याउनै नसकिने अवस्था नरहेको उनको विश्वास छ । पेशागत रुपमा वडा सचिवको भूमिकामा सरकारी सेवामा रहेका पाल करिब दुई दशक भन्दा अधिक समयदेखि धनुषाको रघुनाथपुरमा सभ्य समाज निर्माणका लागि प्राविधिक रुपमा काम गर्दै आएका छन् । शनिबार पालले आफ्नै स्वामित्वमा सञ्चालन गरिरहेका केपी गुरुकुल छात्रावासका बालबालिका र ओशोको विचारधारालाई पछ्याउने समाजका युवाहरुलाई सहभागी गराएर सक्रिय ध्यान गराएका थिए । यस कार्यका लागि उनलाई नजिकबाट साथ दिइरहेका छन्, अरुण शर्माले । काठमाडौंमा स्नातकोत्तरसम्मको शिक्षा ग्रहण गरिसकेर गाउँमै फर्केका शर्मा गाउँका बालबालिकाको शैक्षिक स्तर उकास्ने अभियानमा लागेका छन् । यसका साथै ओशोका दिक्षा ग्रहण गरेका सन्तोष साह (स्वामी देव निर्मल), महादेव राउत (स्वामी अन्तर महादेव), विनोद पाल (स्वामी देव विनोद), अरुण शर्मा (स्वामी प्रेम चिन्मय) र सुरेश यादव (स्वामी योग प्रदिप) समूहले नयाँ पुस्तालाई प्रकृतिसंग जोडिनेगरी सामाजिक अनुशासन, चेतन तथा दायित्वबोध गराउने उदेश्यले व्यवस्थित ध्यान तथा योग केन्द्र निर्माण अभियानमा लागेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: