मधेश संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्रीले गठबन्धनको निर्णय विपरित प्रस्तुत भएको ठहर गर्दै रास्वपाले सरकार छोड्ने निर्णय गरेको हो ।
आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री नै सत्ता गठबन्धनको निर्णय उलंघन गरेपछि सरकारमा बसिरहनुको औचित्य समाप्त भएको निष्कर्षमा पुगेको छ । यस अघि नागरिकता प्रकरणमा सांसद पद समेत गुमाएका रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा गरेका थिए ।
रविले कानुनतः पुनः नेपाली नागरिकता प्राप्त गरेपछि नेपालको संविधानले गरेको व्यवस्था बमोजिम छ महिनाभित्र सांसद बनेर आउने प्रावधान अनुसार पुनः आफु गृहमन्त्री पदमा नियुक्त हुनुपर्ने माग गर्दै आएका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको