मधेश संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने प्रक्रियामा जानुपर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने भएपनि अहिलेकै अवस्थामा अल्पमतमा परिहाल्ने भय भने छैन । २७५ सदस्य रहेको प्रतिनिधिसभामा प्रचण्डले न्युन्तम १३८ जना सांसदको समर्थन पाउनुपर्ने हो । नेपाली कांग्रेस बाहेक पनि १६९ जना प्रचण्डको पक्षमा उभिएकाले १९ सांसद रहेको रास्वपा बाहिरिदैमा सरकार अल्पमतमा परिहाल्ने अवस्था छैन ।
यद्यपि, रास्वपाको निर्णय र निकट भविष्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा माओवादीको साथ पाउन नसक्ने एमालेको आशंकाको कारण सत्ता समिकरण नै हेरफेर हुन सक्ने सम्भावना भने देखिन्छ ।
आजदेखि ३० दिनभित्र प्रचण्डले विश्वासको मत लिनुपर्ने छ । राष्ट्पतिको निर्वाचन अबको दुई साताभित्र टुंगिनेछ । यस आधारमा राष्ट्रपतिको चुनावपछि मात्रै प्रचण्डले विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने सम्भावना देखिन्छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको