मधेश संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपनि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत रहने जनाएको छ । आइतबार केन्द्रीय कमिटीको बैठक बसेर यस्तो निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
पार्टीको निर्णय पारित भएसँगै रास्वपाबाट मन्त्री भएकाहरुले आजै मन्त्री पदबाट राजीनामा गर्न लागेका हुन् । रास्वपाको तर्फबाट शिशिर खनाले शिक्षा, डोलप्रसाद अर्याल श्रम मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री पदमा थिए ।
रास्वपाले सरकार छाड्ने निर्णय गरेपनि प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै रहने भएपछि पुनः विश्वासको मत लिइरहनु नपर्ने भएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको