मधेश संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले आइतबार सामुहिक राजीनामा दिएका छन् । गृहमन्त्री पद प्रधानमन्त्रीले पार्टीलाई फर्काउन नमानेको विरोधमा रास्वपाले आइतबारै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आइतबार साँझ राजीनामा पत्र बुझाएका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: