प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई प्रभावकारी ढंगले सञ्चालनका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरुलाई बालुवाटारमा बोलाएर छलफल सुरु गरेका छन् । संसदको काम कारवाहीमा गति दिनुका साथै लामो समयदेखि ओझेलमा परेका तथा राज्य सञ्चालनका निम्ति आवश्यक विधेयकहरु सदनमा पेश गर्न प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सत्ता समिकरण फेरबदल हुने आशंकाबीच प्रधानमन्त्री दाहालले सदनमा कानून निर्माणको लागि दलहरुको उपस्थिति र समर्थन बुझ्न पनि आवश्यक कानून निर्माण प्रक्रियालाई गति दिन चाहेको जनाइएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत दलका प्रमुख सचेतकहरुका साथै कानून मन्त्री र कानून मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: