मधेश संवाददाता
नागरिकता लगायत जनताको प्रत्यक्ष सरोकार रहेका विधेयकहरु तत्काल संसदमा प्रस्तुत गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहमति जुटेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा आयोजित छलफलको क्रममा यस्तो सहमति जुटेको हो ।
अघिल्लो सदनले दुई पटक पारित गरिसकेको नागरिकता सम्बन्धी विधेयक पनि राष्ट्रपतिको हठका कारण कार्यान्वयनमा आउन सकेको छैन । यतिबेला प्रधानमन्त्री दाहालले उक्त विधेयक सहित जनताको प्रत्यक्ष सरोकार हुने कानूनहरु निर्माणका लागि अग्रसरता लिन दलका प्रमुख सचेतकहरु सहमत भएका छन् ।
यो सहमति लगत्तै सदनमा नागरिकता, शिक्षा, स्वास्थ्य, सुशासन लगायत विषयसँग सम्बन्धित कानून निर्माणको प्रक्रिया अगाडी बढ्नेछ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको