मधेश संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै आयोजना गरेको पत्रकार सम्मेलनमा पोखेको आक्रोसले पार्टीको छविमै प्रश्न उठेको भन्दै अधिकांस केन्द्रिय सदस्यहरुले आलोचना गरेका छन् । गृहमन्त्री नपाएकै झोंकमा सरकारबाट बाहिरिएको भन्ने सन्देशले पदलोलुपता सम्बन्धी सन्देश गएको छ । यस बाहेक सभापति रविले सञ्चार माध्यमप्रति अनायासै खनिएको विषयले पनि बौद्धिक वर्गलाई पार्टी प्रति नकारात्मक बनाएको ठहर गरेका छन् । उनीहरुले यस्तै अवस्थामा पार्टीले अगाडि बढिरहँदा जनतामा राम्रो सन्देश नजाने भन्दै बाहिरको अवस्था हेर्दा आफ्ना सभापतिको बचाउ गर्न सक्ने अवस्था पनि नरहेको बताएका छन् । सोमबार आयोजित पार्टीको बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले आइतबार गरेको जस्तै पत्रकार सम्मेलन गरेर अथवा विज्ञप्ती जारी गरेर आत्मालोचना गर्न सभापति रविलाई सुझाव दिएका छन् । बैठकमा रविले आफु आक्रोसित अवस्थामा केही बढी नै बोलेको स्वीकारेका थिए । तर, अब के गर्न सकिन्छ भनेर सुझाव पनि मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: