विरेन्द्र साह/मधेश अनलाइन
सरकार गठन भएको एक महिनापछि आज मधेश प्रदेश सरकारले पुर्णता पाउन थालेको छ । कम्तीमा दुई वटा मन्त्रालय मागेको माओवादीले सो नपाए सरकारमा नजाने अडान लिएको थियो । मुख्यमन्त्री सरोज यादवले आए एउटा मन्त्रालय दिने नभए पछि नपर्ने गरी सरकार विस्तार गरेपछि माओवादी झन् चिढिएको थियो । मधेशमा कुरा नमिलेपछि माओवादीका सांसदहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम आज सरकारमा जान लागेको हो ।

आजै दिउँसो एक बजे मधेश भवनमा माओवादीका सांसदहरु सुनिता यादव उद्योग, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी सोही मन्त्रालयमा राज्यमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

यो संगै मधेश प्रदेश सरकारले पुर्णता पाउने भएको छ । जसपाका मुख्यमन्त्री तथा अन्य तीन मन्त्री, एमालेका चार मन्त्री जनमतका दुई मन्त्री नियुक्त भएर पदभार ग्रहण गरिसकेका छन् । माओवादीको इन्ट्रीसँगै ११ सदस्यीय मन्त्रिपरिषद् कायम हुनेछ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको