मधेश संवाददाता
महोत्तरी जिल्लास्थित मनरासिस्बा नगरपालिका -९ का वडा अध्यक्ष शशिभुषण झालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन ठाडो सिफारिस गरेको अभियोगमा झालाई पक्राउ गरी छानबिन प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

नेपालको कानून विपरित विदेशी नागरिकलाई नेपालको नागरिकता दिलाउने प्रक्रियामा अधिकार क्षेत्र नरहेको दस्तखत गरको झामाथि आरोप छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित वडा अध्यक्ष झालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बताउँदै एपी पंगेनीले भने, ‘आवश्यक अनुसन्धान गरी नागरिकता सम्बन्धी ऐन अनुसार कारवाहीको लागि झा विरुद्ध मुद्दा दायर हुने छ ।’

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको