मधेश संवाददाता
सुदुरपश्चिम प्रदेश सरकार गठन भएको एक महिना नपुग्दै ढल्ने अवस्थामा आइपुगेको छ । यहाँ एमाले नेतृत्वको सरकार बनेको छ । एमालेका प्रदेश सांसद राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर ढल्ने अवस्था नजिक आइपुगेको छ । उनले आजै विश्वासको मत लिन संसद आह्वान भएको छ ।

५३ जना प्रदेश सांसद रहेको यहाँ रावलको सरकार टिकाउन कम्तीमा २७ जना सांसदले विश्वासको मत दिनुपर्ने हुन्छ । तर, यो अवस्था देखिदैन । प्रदेशसभाका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी र एक जना स्वतन्त्र सांसद प्रतिपक्षमा बसको छ । सरकार गठनको बेला रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जनाको समर्थन थियो ।

यसैबीच सहमति विपरित नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य जो दश वर्ष अघि टिकापुर घटनामा अभियुक्त बनाइएको थिए, अरुण कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा उत्रेको छ । हिजै सुदुरपश्चिम प्रदेशसभाका सात जना सांसद डिल्लिबजार कारागारमै गएर पार्टीका प्रमुख सल्लाहकार रेशम चौधरीलाई भेटेपछि सरकारलाई समर्थन गर्न र सरकारमा जान नहुने विषयमा छलफल भएको थियो । यस आधारमा नागरिक उन्मुक्ति पार्टीले समर्थन नदिएको अवस्थामा रावल नेतृत्वको सरकार ढल्ने निश्चित देखिएको हो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको