मधेश संवाददाता
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज पदमुक्त हुने करिब निश्चित छ । पुस २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका रावलले संविधानमा व्यवस्था भए बमोजिम आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । तर, प्रदेशसभाको अंकगणितले रावलको मुख्यमन्त्री पद जोगाउन मुश्किल देखिन्छ ।

सुदुरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ५ र राप्रपाको १ सिट छ । ५३ सदस्य रहेको सुदुरपश्चिम प्रदेशमा रावलको पद जोगाउन कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक पर्छ । पुस २७ गते एमालेका रावलले माओवादी र नागरिक उन्मुक्ति पार्टीसँगै राप्रपाको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । त्यो आधारमा उनीसँग २९ जनाको समर्थन थियो । अहिले एमाले र माओवादीले सहमति विपरित थारु आन्दोलनको क्रममा पक्राउ परेका तथा दोषी ठहर गरिएकाहरुलाई रिहा नगरिएको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णयमा पुगेको छ । नागरिक उन्मुक्ति पार्टी पछि हटेलगत्तै रावलको पक्षमा उभिने सांसदको संख्या २२ मा सिमित हुन पुग्छ । जसले उनको पद धरापमा गएको छ ।

अब रावलले विश्वासको मत नपाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउनेछ । संविधानमा व्यवस्था भएबमोजिम एकभन्दा बढी दल मिलेर पनि बहुमत पुर्याउन नसकेपछि संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको दलका नेताको नेतृत्वमा सरकार बन्नेछ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको