विरेन्द्र साह
महोत्तरीको लोहरपट्टी नगरपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ । लोहरपट्टी ६ स्थित भेरुखी मावि परिसरमा आयोजित एक समारोहबीच नगर प्रमुख शैलेन्द्र यादवले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
नगरस्थित सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा कबड्डी, शर्टपुट थ्रो, भलिबल, हाइजम्प, लङ्गजम्प लगायत विभिन्न खेलहरुको आयोजना हुने आयोजक विद्यालयका प्रधानाध्यापक रामकृष्ण मण्डलले जानकारी दिए ।
विद्यालयस्तरीय प्रतियोगिता समान्य कुरा जस्तो देखिएपनि यसले बालबालिकालाई अनुशासन सिकाउने प्रभावकारी आधार रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.धिरेन्द्र साहले जनाए । जसरी सामाजिक र राजनीतिक नियमहरु हुन्छ, ती नियमको पालना गर्न अनुशासन कायम रहने हो भने समाज र राजनीति प्रतिष्ठित हुने बताउँदै डा. साहले खेलबाट सिकाइ हुने अनुशासन हरेक नागरिकमा अनुशरण हुनुपर्ने बताए ।
नगर प्रमुख यादवले प्रत्येक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने सोच रहेको जानकारी दिँदै यसले विद्यार्थीलाई लगनशिल र मिहिनेती बनाउनुको साथै स्वस्थ राख्न पनि सहयोग पुग्ने बताए । विद्यालयस्तरीय खेललाई व्यवस्थित गर्न उनले विद्यालयहरुलाई उपयुक्त योजना बनाएर आवश्यक बजेट माग गर्न पनि सुझाए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको