मधेश संवाददाता
नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारतको दिल्ली लगिने तयारी गरिएको छ । खाना पकाउने ग्यास विष्फोट भएपछि जीउमा आगो सल्केर सिकिस्त भएका नेता भण्डारी उनकी आमा हरिकलाको अवस्था गम्भिर छ ।
घटना लगत्तै भर्ना भएको किर्तिपुर अस्पतालले यहाँ उनीहरुको उपचार सम्भव नरहेको जनाएपछि दिल्ली लगिने तयारी गरिएको हो । आमाको करिब ७० प्रतिशत शरीर र नेता भण्डारीको करिब ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको