विरेन्द्र साह/मधेशअनलाइन
तीन वर्ष अगाडी धनुषाको ढल्केवर नजिक औरही खोलामा स्थानीय दिलिप महतोलाई हत्या गर्ने आरोपमा पक्राउ परेकाहरु मध्ये तीन जनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधिश चित्रबहादुर गुरुङको इजलासले विपिन महतो, जितेन्द्र महतो र मुनिन्द्र महतोलाई दोषी ठहर गरेको हो ।
विपिन र जितेन्द्रले दिलिपको हत्या गरेको र मुनिन्द्रले मतियारको भूमिका निर्वाह गरेको अदालतले जनाएको छ । श्रीपुर निवासी दिलिपले अवैध क्रसर र अवैध उन्खनन् कार्यको विरोध गरेपछि २०७६ पुस २५ गते हत्या गरेको थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको