मधेश संवाददाता ग्यास सिलिन्डर विष्फोटमा परी घाइते भएकी हरिकला भण्डारीको निधन भएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला गएराति आफ्नै घरमा खाना पकाउने ग्यास सिलिन्डर विष्फोट भएर घाइते भएका थिए । दुवै जनाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकलाको निधन भएको अस्पतालस्रोतले जनाएको छ । सिकिस्त अवस्थामा रहेका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने तयारी गरिएको छ । उनको अवस्था पनि गम्भिर रहेको र यहाँ राम्रो उपचार सम्भव नभएपछि मुम्बइ लग्न अस्पतालले नै सुझाव दिएपछि तत्काल थप उपचारका लागि मुम्बइ लगिने तयारी गरिएको जनाइएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: