अनेक बहानामा सार्वजनिक विदा दिएको विरोधमा जनस्तरबाट विरोध भएपछि सरकारले अब सार्वजनिक विदाको दिन पनि अतिआवश्यक सेवा प्रवाह हुने प्रकृतिका सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार साँझ बसेको बैठकले शनिबार बाहेक सार्वजनिक विदाको दिन पनि अतिआवश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुलाउने निर्णय गरेको हो । अतिआवश्यक सेवा दिने कार्यालयहरुको सूचि भने सरकारले तयार गरिसकेको छैन । तत्काल यस्ता कार्यालयको सूचि तयार गरी विदाको दिन कार्यालयमा काम गर्ने कर्मचारीको लागि थप सुविधाको पनि व्यवस्था गरिने मन्त्रिपरिषद्को बैठकमा छलफल भएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: