मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले बुधबार आफ्नो गृहनगरको नगरपालिका कार्यालय भिजिट गरेकी छिन् । मन्त्री यादव नगरको विकाससँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने उदेश्यले नगरपालिका कार्यालयमा पुगेकी हुन् ।
कार्यालयको नगर प्रमुखको कार्यकक्षमा राष्ट्रपति विद्या भण्डारी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर नदेखिएको भन्दै गुनासो गरिन् । आफ्नो माउ पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको पनि तस्बिर राख्न नगर प्रमुख जितनारायण यादवको ध्यानाकर्षण गराउँदै मन्त्री यादवले दलगत विभेद त होइन ? भन्दै यस्तो कार्यमा ध्यान दिनुपर्ने बताइन् ।
जवाफमा नगर प्रमुख यादवले भर्खरै भाडाको घरबाट नयाँ भवनमा कार्यालय सरेको र तस्बिर व्यवस्थापन कार्य हुन बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति र प्रधानमन्त्रीप्रति आफ्नो र कार्यालयको सम्मान रहेको बताए ।

गणेशमान चारनाथ नगरपालिकाकै बासिन्दा समेत रहेका मन्त्री यादव र सोही नगरका प्रदेशसभा सदस्य संजय महतोलाई नगर प्रमुख जितनारायण यादवले सम्मान गरेका छन् । उनले नगरको समग्र विकास प्रक्रियामा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको