शुक्रबार जनकपुरमा विद्यालय व्यवस्थापन समिति महासंघले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी हुन धनुषाको सबैला नगरपालिकास्थित फकिरचन्द गामी माविका व्यवस्थापन समिति अध्यक्ष विनोद कुमार पाल जनकपुर पुगेका थिए । पूर्व जानकारी अभावको कारण उनले विद्यालयबाट पाउनुपर्ने पत्र पाएका थिएनन् । कार्यक्रममै पुगेर जानकारी पाएपछि आफ्ना सहयोगीलाई पत्रका लागि विद्यालयमा पठाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पत्रका लागि पठाएका सहयोगी प्रतिनिधि करिब एक बजे पुग्दा विद्यालयको मूल गेट बन्द थियो । उनले विद्यालय बन्द रहेको जानकारी अध्यक्षलाई फोनमार्फत गराए । अध्यक्ष पाललाई आज विद्यालय बन्द रहेको जानकारी थिएन । उनले सुझाए अनुरुप ती प्रतिनिधिले प्रधानाध्यापक शोभित पण्डितलाई फोन सम्पर्क गरे । प्रअ पण्डित आफु जनकपुरमा रहेको जानकारी गराए । विद्यालय बन्दको कारणवारे सोधेपछि शिक्षकहरुले भनेपछि विदा गरिदिएको जवाफ आयो ।
शिक्षकले भनेपछि जहिले पनि जतिबेला पनि विद्यालय बन्द हुन्छ र ? प्रश्नको जवाफमा उनले परिक्रमाको अवसरमा विदा दिएको भने । १५ दिने मध्यमा परिक्रमाका तिर्थालुहरु सबैला नगरपालिकामा पर्ने सतोषरमा एक रात विश्राम गर्छन् । सतोषरमा परिक्रमका तिर्थालु आउने दिन नगरपालिकाको तर्फबाट स्थानीय विदा घोषणा गरेको थियो । त्यो दिन हिजो बिहीबारै थियो । फेरी आज फकिरचन्द गामी माविमा के को विदा ? प्रअ पण्डितले भने, हिजो परिक्रमाको विदा थियो । आज शिक्षकहरुले मागेपछि विदा दियौं ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको