प्रदेशको नाम कोशी राखिएको विरोधमा विराटनगरमा जारी प्रदर्शन उग्र बन्दै गएको छ । प्रदर्शनको क्रममा प्रहरी र आन्दोलनकारी बीच भएको झडपमा घाइते भएकाको उपचारको क्रममा चैत १० गते मृत्यु भएपछि आन्दोलन झन् उग्र भएको हो । मंगलबार मुख्यमन्त्री कार्यालय तर्फ लम्किदै गरेको प्रदर्शनकारीको हुललाई नियन्त्रण गर्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रदर्शनकारीले प्रहरीमाथी ढुंगामुढा गरेको छ भने प्रहरीले अश्रुग्यास र हवाइ फायर गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रदेशको नाम पहिचानसंग जोडिनुपर्ने माग गर्दै पहिचानवादी समूहका समर्थकहरुले कोशी नामकरण विरुद्ध निरन्तर प्रदर्शन गरिरहेका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: