बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले कुन दलले कति जना मन्त्रालय पाउने भन्ने विषयमा सहमति गरे लगत्तै दलहरु मन्त्रीको नाम चयन गर्ने गृहकार्यमा लागेका छन् । अहिलेसम्म एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम टुंग्याइसकेको छ भने अन्य दलहरुले आजै १२ बजेसम्म आ आफ्नो दलको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई दिइसक्ने र आजै मन्त्रीहरुलाई शपथ ग्रहण गराइने तयारी भएको प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्रोतले जनाएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ भने सरकारको नेतृत्व गर्ने माओवादीले ५ वटा मन्त्रालय पाएको छ । जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई २÷२ वटा मन्त्रालय दिने सहमति भएको छ । सत्तागठबन्धनमा रहेका अन्य दलहरु लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले १÷१ वटा मन्त्रालय पाएका छन् ।
एकीकृत समाजवादी पार्टीले पार्टीका उपाध्यक्ष वेदुराम भुषाल र उप महासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष नाम सिफारिस गरिरसकेको छ । अन्य दललहरुले मन्त्रीको नाम टुंग्याउन गृहकार्यमा लागेको बुझिएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको