माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ ।

विद्यार्थीहरू ८ बजेअघि नै तोकिएको परीक्षा केन्द्र पुगेका छन् । शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो ।

एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।

एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ ।

रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् ।

परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन पाइँदैन ।

पत्रकारलाई पनि पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन् । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको