सुरेश यादव । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नौ दिनदेखि तालाबन्द छ । नगर प्रमुख विनोद साह, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको नौ दिन बितिसक्दा पनि तत्काल कार्यालय सुचारु हुने सम्भावना देखिएको छैन ।
नगर प्रमुख साह स्वयं बाँके – संग्रामपुर सडक खण्ड निर्माण कार्यको बाधक बनेको भन्दै विकास निर्माणका विभिन्न कार्यहरु तत्काल सुचारु गर्नुपर्ने माग राखेर स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । विभिन्न नौ बुँदे माग राखेर चैत १५ गतेदेखि उनीहरु नगर प्रमुख समेत नगरपालिकाका प्रमुख सेवा प्रवाह हुने कार्यकक्षहरुमा तालाबन्दी गरी आन्दोलनमा लागेका छन् ।
नगर प्रमुखको कारण अवरुद्ध सडक निर्माण तत्काल सुचारु हुनुपर्ने, नगर प्रमुख साहका हजुरबुवाले विद्यालयलाई दान दिएको सबै जग्गा विद्यालयको नाउँमा पास गर्नुपर्ने, बाघबोला मठको चार विघा जग्गा आफ्नै नाउँमा कायम गरेका नगर प्रमुख साहले उक्त जग्गा फिर्ता गर्नुपर्ने, विद्युतीकरण र सिँचाइका योजनाहरु संचालनका लागि तत्काल अख्तियारी दिनुपर्ने लगायत माग आन्दोलनकारीको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको