विरेन्द्र साह । कनौजिया तेली समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार सिरहाको लहानमा सम्पन्न भएको दोस्रो सधारण सभाले उपेन्द्र प्रसाद साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपेन्द्र प्रसाद साह अध्यक्ष रहेको समाजको उपाध्यक्षमा शुभनारायण साह लतियाही र हिरा साह भवानीपुर, महासचिवमा सन्तोष प्रसाद साह पोखरभिण्डा, सचिवमा श्रीराम साह धनगढी र कोषाध्यक्षमा शकुन्तला साह भवानीपुर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रदिप साह वैशाखा, मुसहरु साह बस्तीपुर, कविता कुमारी साह बस्तीपुर, रामजीवन साह धनगढी र राजकुमार साह मोतीपुर चयन भएका छन् ।
सधारणसभाले समाजलाई गतिशिल बनाउन पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । कुलदीप साह, शोभित साहु तेली, रामशंकर साह, रामभरोसी साह र हरिहर साहलाई सल्लाहकार समिति सदस्य चयन गरिएको छ ।


सधारणसभाको अवसरमा कनौजिया तेली समाजका ज्येष्ठ नागरिकहरु प्रसाहीका पूर्व गाविस अध्यक्ष ८१ वर्षीय सोभित साह र धनगढीमाई निवासी ७६ वर्षीया जसिया देवीलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरिएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको