सबैला नगरपालिका –९ का वडा अध्यक्षको पहलमा ‘योग तथा ध्यान सप्ताह’ आयोजना गरिएको छ । सबैला –९, कुशमाहा सतोषरधाममा आयोजित सप्ताहको संयोजन डायमण्ड वल्र्ड वाईडले गरेको छ । डायमण्डका योग प्रशिक्षक जगदिश ठाकुरले योग र ध्यानलाई फ्युजन गरी सप्ताह आयोजना गरिएको बताए । योगले मानिसलाई निरोग रहन मात्रै मदत गर्दैन, सामाजिक सद्भाव कायम गर्न पनि अन्तरमनदेखि मनोवैज्ञानिक प्रभाव पार्ने काम पनि गर्छ । यसको नियमित अभ्यासले मानिसको शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकास गर्ने हुँदा समाजमा सकारात्मक परिवर्तनको वाहकको पनि भूमिका खेल्ने योग प्रशिक्षक ठाकुरको भनाइ छ ।
समान्य किसान परिवारमा पनि दिर्घ रोगीहरुको संख्या बढिरहेको र कम उमेरका मानिसहरुमा गम्भिर प्रकृतिको रोगको प्रकोप बढ्न थालेपछि योग र ध्यानको कार्यक्रमलाई प्राथमिकता दिएको वडा अध्यक्ष मनिष रायले बताए । ‘युवाहरुमा डिप्रेशन र प्रौढमा अनेक प्रकारका रोगका प्रकोप बढिरहेको अवस्थामा समाजलाई स्वस्थ राख्न र सामाजिक विकृतिलाई न्युनिकरण गर्न एकमात्र विकल्पको रुपमा योग तथा ध्यान भएको मेरो अनुभव रह्यो’ वडा अध्यक्ष रायले भने ।
पछिल्लो समय समाजमा देखिइरहेको अनेक प्रकारका विकृति, असन्तुष्टी, घृणा र अश्लिल गतिविधिलाई नियन्त्रण गर्न पनि योग र ध्यान बाहेक अर्को प्रभावकारी विकल्प नदेखिएको उनको भनाइ छ । विकास भनेको भौतिक पूर्वाधारको मात्र नभएर समाजमा सकारात्मक परिवर्तन ल्याएर सामाजिक विकास तर्फ पनि ध्यान पुग्न आवश्यक रहेको उनको भनाइ हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: