सबिता यादव, मधेश अनलाइन । राप्रपाकी सांसद बिना जयसवाल कुर्मीले प्रतिनिधिसभाको बैठकमा गायत्री मन्त्र वाचन गरेकी छन् । मंगलबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद कुर्मीले गायत्री मन्त्र वाचन गर्दै देशमा भ्रष्टाचार कम गर्न ईश्वरको नाउँमा शपथ लिए जस्तै गायत्री मन्त्र जप्नुपर्ने बताएकी हुन् ।
कुनै पनि धर्म ग्रन्थमा धर्म वा जात जातिको आधारमा विभेदको व्यवस्था नरहेको उल्लेख गर्दै उनले मानवको स्वभाव र व्यवहारमा विभेद हुनु दुखद् रहेको बताइन् । नेपालमा सर्वधर्मको सन्दर्भ वारे बोल्दै उनले गायत्री मन्त्रले खास धर्मको नभई मानवता र सदाचारको कुरालाई प्रबद्र्धन गर्ने तर्क गरिन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको