एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालका लागि कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाएका छन् । मल्लले २८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा उनले ५० रन बनाएका छन् ।

यसअघि नेपालका लागि भीम सार्कीले पनि अर्धसतक बनाएका थिए। उनले ७५ बलमा चौकाको मद्दतमा ५० रन बनाएका छन् ।

अहिले क्रिजमा यी दुबै ब्याट्समेन छन्। भीम सार्की ८७ बलमा ६२ रन बनाएर खेलिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जवाफी ब्याटिङ गरेको नेपालले ३२ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा २०२ रन बनाएको छ ।

यसअघि नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन जोडेका थिए ।

नेपाललाई जितका लागि २३६ रन आवश्यक छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको