मधेश अनलाइन । धनुषा चेम्बर अफ कमर्सको नेतृत्व गर्ने जिम्मेवारी पुनः विजय कुमार साहले पाएका छन् । आइतबार सम्पन्न सधारणसभाबाट कार्यसमिति पुनर्गठन गरिएपनि नेतृत्वमा पुनः साहलाई नै चयन गरिएको हो । पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सरोज कुमार मिश्र, उपाध्यक्षमा हीरा पुर्वे र सलामत राइन, महासचिवमा कृष्णदेव महतो, सचिवमा विजय साह, सहसचिवमा दिपनारायण साह, कोषाध्यक्षमा उज्ज्वल अग्रवाल र सहकोषाध्यक्षमा जानकी रमण झा चयन भएका छन् । एशोसिएट सदस्यमा श्रवण कुमार साह, कार्यसमिति सदस्यमा विनोद कुमार साह, शंकर प्रसाद साह, राजुकान्त कापर, मिथिलेश झा, जितेन्द्र प्रसाद साह, चेतन शर्मा, दीपेन्द्र ठाकुर, ध्रुव कुमार साह, राजेश कुमार यादव, मुकेश महासेठ, बिट्टु कुमार चौधरी, श्रवण कुमार महतो, नवीन कुमार झा, विकास कुमार साह र उमेश कुमार साहलाई चयन गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: