एक हप्तादेखि विवादको केन्द्र बनेको जनकपुरको भानु चोकमा स्मारक निर्माण सम्बन्धी विषयमा यहाँ स्थित विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले चासो देखाएका छन् । भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण गर्नुपर्ने र यो काम अबिलम्ब अगाडी बढाउनुपर्ने माग सहित उनीहरुले जिल्ला प्रशासन कार्यालय लगायत निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल, नेकपा एमाले निकट युवा संघ, युथ फोर्स र अनेरास्ववियु, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु, युवा संघ नेपाल, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले भानु चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक अबिलम्ब निर्माण कार्य अगाडी बढाउन माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय, धनुषा र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको